के भन्छ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान ?

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा यसलाई विकृती भित्रीएको स्विकार गर्छन् । अनलाइनखबरसँग कुरा गर्दै शर्माले भने-‘ज्योती हाम्रो प्रतिष्ठानकी सदस्य होइनन् भनेर हामी चुप लाग्ने कुरा हुँदैन । तर,प्रतिष्ठानले कारवाही गर्ने होइन, आग्रह गर्ने हो ।’

शर्माले भने-‘ एउटा व्यक्ति बौलाउछ भने अरु चुप लागेर बस्ने कुरा हुँदैन । आज हामी चर्चित लोकगायिकाहरुलाई बोलाएर यस बिषयमा छलफल गर्दैछौ । यसपछि, केही कदम चाल्ने निर्णय गर्छौ ।’

शर्माका अनुसार अहिले प्रतिष्ठानका कुनै पनि सदस्य ज्योतीसँग सार्वजनिक कार्यक्रममा जान छाडेका छन् । आफूहरुले ज्योतीसँग सार्वजनिक कार्यक्रम नजान भनेको चन्द्रले बताए ।

ज्योती मगर त एउटा प्रतिनिधी पात्र हुन् । लोकगीतका नाममा छाडापन भित्राउन केही भिडियोका निर्देशक, मोडल, गायक-गायिका नै अगाडि छन् । युटुबमा मेरो गीतको म्यूअर्स यति बढ्यो र उती पुग्यो भनेर धाक लगाउन फेरि उनीहरु नै पछि पर्दैनन् ।
के भन्छ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान ? के भन्छ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान ? Reviewed by Durga Pangeni on August 08, 2017 Rating: 5

No comments:

Powered by Blogger.